site stats
बाह्रखरी :: Baahrakhari
खेल
महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटका लागि २४ खेलाडी प्रारम्भिक प्रशिक्षणमा
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रारम्भिक प्रशिक्षणका लागि २४ सदस्यीय टिमको घोषणा गरेको हो । 

विश्वकपको एसिया छनोट मलेसियामा हुनेछ । आउँदो अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म हुने प्रतियोगितामा नेपालसहित ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकप ग्लोबल छनोटमा छानिनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली टिम
रुविना क्षेत्री, सीता रानामगर, इन्दु वर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनीषा चौधरी, रुवी पोडर, खुसी डंगोल, पूजा महतो, सबनम राई, रोमा थापा, कञ्चन श्रेष्ठ, सृष्टि जैसी र स्नेहा महरा ।

asdf1690872536.jpg

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्