site stats
बाह्रखरी :: Baahrakhari
खेल
दक्षिण अफ्रिकालाई हराउँदै साविक उपविजेता नेदरल्यान्ड्स क्वार्टरफाइनलमा 

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध दक्षिण अफ्रिकाविरुद्ध २–० को जित निकाल्दै नेदरल्यान्ड्स अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार अस्ट्रेलियाको सिड्नीस्थित एलिएन्ज रंगशालामा भएको खेलमा साविक उपविजेता समेत रहेको नेदरल्यान्ड्सलाई जित दिलाउन जिल रोर्ड र लिनेथ बिरेनस्टेनले समान एक गोल गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको नवौँ मिनेटमा रोर्डले गरेको गोलबाट नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । नेदरल्यान्ड्सले दोस्रो हाफमा एक गोल थप्यो ।

बिरेनस्टेनले ६८औँ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रतालाई २–० मा पुर्‍याएकी थिइन् । यसपछि दुवै टिमले थप गोल गर्न सकेनन् । जितसँगै नेदरल्यान्ड्स अन्तिम–८ मा प्रवेश गर्‍यो ।

नेदल्यान्ड्स समूह ‘ई’को विजेता र दक्षिण अफ्रिका समूह ‘जी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेका थिए ।

अब नेदरल्यान्ड्सले सेमिफाइनल प्रवेशका लागि स्पेनविरुद्ध खेल्नेछ । स्पेनले शनिबार भएको खेलमा स्वीट्जरल्यान्डलाई ५–१ ले हराउँदै अन्तिम–८ को यात्रा तय गरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्