site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनील शर्माको आरोप– माओवादीका कार्यकर्ताले ७८ नर्सिङ कलेज बन्द गराए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले माओवादीकै शिक्षामन्त्री भएको बेला कार्यकर्ता परिचालन गरेर ७८ वटा नर्सिङ कलेज बन्द गराएको बताएका छन् । बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'निजी क्षेत्रको आवाज' विषयक बृहत् छलफल कार्यक्रममा मेडिकल व्यवसायीसमेत रहेका शर्माले माओवादीले देशमा व्यावसायिक वातावरण बिगारेको बताए ।

"प्रचण्डको नेतृत्वमा तत्कालीन माओवादीको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेकपा (माओवादी)का कार्यकर्ता कृष्ण गिरी सरलाई त्यो आयोगमा पठाएर नेपालका ११७ चालु नर्सिङ कलेजमध्ये ७८ वटालाई बन्द गर्नुभयो," उनले भने, "नेपाली नर्सहरू हाम्रा लागि पनि नपुग्ने गरी भारतीय बोडरतिर भन्दा तलतिर कलेज खोलेर पढ्न पठाउनुभयो । यो राजनीतिक अपराधीकरण हो कि हैन ? आफ्नै सत्तामा आफैँ भएका बेला आफ्नै शिक्षामन्त्री हुँदा माओवादी कार्यकर्ता त्यहाँ पठाउने नेपालको मेडिकल नर्सिङ शिक्षालाई ध्वस्त बनाउने काम भयो ।" 

उनले करेक्सन गर्न खोजे एक महिनााम ५१७ नर्सिङ कलेज सञ्चालन गर्न सकिने पनि बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्