site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्यान्डको क्लबसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी वर्ष इङ्ग्ल्यान्डको क्लबसँग आगामी वर्ष दुई मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले आगामी अप्रिल र मे महिनामा नेपाली टिमले इङ्ग्ल्यान्डको तेस्रो श्रेणीको टिमसँग दुई मैत्रीपूर्ण खेल्ने निर्णय पारित गरेको हो । खेल अप्रिल र मे महिनामा हुने भनिए पनि हालसम्म निश्चित मिति भने सार्वजनिक भएको छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली टिम हाल दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि म्यानमार भ्रमणमा छ । जसको पहिलो खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको थियो । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते हुने छ ।

यस्तै, एन्फाको आकस्मिक बैठकले हाल चोटका कारण उपचाररत यू–१५ राष्ट्रिय महिला टिमकी खेलाडी यशोदा बोहरालाई पाँच लाख, यू–१९ टिमका खेलाडी सञ्जोग मोक्तानलाई एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ । फिफा सहायक रेफ्री स्वर्णीय विक्रम चौधरीको परिवारलाई तीन लाख, पूर्व फिफा सहायक रेफ्री तथा रेफ्री एसेसर गजेन्द्रमान सिंह र सीताकुमार पौडेललाई समान एक लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

anfa-1694347522.jpg

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्