site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘टिकेटिङ पार्टनर’का रूपमा आईएमई पेसँग क्यानको सम्झौता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अबका दुई वर्षको ‘टिकेटिङ पार्टनर’का रूपमा आईएमई पेसँग सम्झौता गरेको छ । दुई वर्षसम्म देशभित्र हुने अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूको टिकेटिङ पार्टनरका रूपमा आईएमई पेसँग सम्झौता गरिएको हो ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच क्यान र आईएमई पेका अधिकारीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । पत्रमा क्यानका तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

योसँगै सो अवधिमा क्यानले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको भौतिक र अनलाइन टिकट बिक्रीको जिम्मेवारी आईएमई पेले पाएको छ ।

सचिव खड्काले यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए । “नेपाली क्रिकेटको स्तरवृद्धि र दिगो विकासका लागि आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरैभन्दा धेरै खेलहरू खेल्नुपर्ने अवस्था छ,” उनले भने, “यसैबीचमा आईएमई पेजस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो । यो साझेदारी बनाउने मौका दिनुभएकोमा म मेरो व्यक्तिगत र सिंगो नेपाल क्रिकेट संघको तर्फबाट आईएमई डिजिटल सोलुसन लिमिटेडलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु ।”

यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयाममा जोडिन पाउँदा गौरवान्वित महसुस गरेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए ।

“नेपाली क्रिकेटको विकासमा क्यानसँग सहकार्य गर्ने मौका दिएकोमा क्यानलाई धन्यवाद दिन चाहन्छु । र, आइएमई पेको डिजिटल वित्तीय समावेशीताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको जानकारी गराउन चाहन्छु,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्