site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन् २०३४ को विश्वकप आयोजना गर्न साउदी अरेबिया एकमात्र प्रस्तावक

काठमाडौं । अष्ट्रेलियाली फुटबल महासंघले बिडिङ नगर्ने भएपछि साउदी अरेबियाले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्ने निश्चित भएको छ ।

फिफाले प्रतियोगिता आयोजना गर्न बोलपत्र पेस गर्ने अन्तिम म्याद मंगलबार तोकेको थियो । तर, अस्ट्रेलियाले बाहिरिने निर्णय गरेपछि विश्वकप आयोजनाका निम्ति साउदी अरेबिया एकमात्र प्रस्तावक बनेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले फिफा विश्वकप आयोजना गर्न बोली लगाउने अवसरको खोजी गरेका थियौं, तर सबै कारकहरूलाई ध्यानमा राख्दै हामी २०३४ प्रतियोगिताको लागि त्यसो नगर्ने निष्कर्षमा पुगेका छौँ,” फुटबल अष्ट्रेलिया (एफए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्ट्रेलियाले नाम फिर्ता लिएपछि साउदी अरेबियाको प्रस्तावलाई फिफाले आधिकारिकता प्रदान गर्न भने बाँकी नै छ । फिफाले आगामी वर्ष यसबारे निर्णय गर्ने भनिए पनि यो अब औपचारिकता मात्र हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्