site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सूचीकृत कम्पनीले लकइन अवधि सकिएको ३० दिनअघि जानकारी दिनुपर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले संस्थापक तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको सेयरको लकइन अवधि सकिनुभन्दा एक महिना अगाडि सबैलाई जानकारी दिनुपर्ने व्यवस्था भएको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) र सम्पूर्ण सूचीकृत कम्पनीहरूलाई निर्देशन दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सर्वसाधारण  लगानीकर्ताहरूलाई समेत सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकाले यो व्यवस्था गरेको बोर्डले जानकारी दिएको छ ।

यसरी सूचना प्रकाशन गर्दा लकइनमा रहेको कुल सेयर संख्या, लकइन अवधि समाप्त हुने  मिति समेत स्पष्टरूपमा खुलाइ सार्वजनिक जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने र सोको जानकारी धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई पनि जानकारी दिनुपर्ने व्यवस्था गरिएको हो ।

सूचना प्राप्त भएपश्चात नेप्से र सीडीएससीले लकइन अवधि खुलेको एक हप्तासम्म वेबसाइटमा राख्नुपर्ने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्