site stats
बाह्रखरी :: Baahrakhari
खेल
डिशहोमद्वारा खेलाडीलाई पुरस्कार रकम प्रदान

काठमाडौं । डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोटअन्तर्गत घोषणा गरेको पुरस्कारको रकम खेलाडीहरूलाई प्रदान गरेको छ ।

आइतबार डिशहोमको मुख्य कार्यालयमा एक कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२९ अक्टोबर २०२३ देखि सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।

उक्त पुरस्कारअन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ, एकै खेलमा शतक र पाँच विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइएको डिशहोमले घोषणा गरेको थियो ।

एकै खेलमा पाँच विकेट लिएमा पाँच लाख, अर्धशतक बनाएमा एक लाख, कम्तीमा तीन विकेट लिएमा एक लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा तीन क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ घोषणा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्