site stats
बाह्रखरी :: Baahrakhari
देश
सडक दुर्घटनामा एमालेका स्थानीय नेता कोहारको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नवलपरासी । नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इन्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाटबाट त्रिवेणीस्थित आफ्नै निवासमा फर्कंदै गर्दा लु५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा उनको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।

४८ वर्षीय घाइते कोहारलाई उपचारका निम्ति सहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बोहोराले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्