site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल क्यानले आयोजना गर्नेछ : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) क्यानकै स्वामित्वमा आयोजना गरिने बताएका छन् ।

बिहीबार क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा उनले विगतमा गरिएका प्रतियोगिताबाट पाठ सिकेको जनाउँदै प्रिमियर लिग क्यानकै स्वामित्वमा हुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“टिमको स्वामित्वका लागि धेरै लगानीकर्ताले चासो देखाइरहनुभएको छ । नेपाल टी–२० राम्रो गर्छौँ भन्दा भन्दै के भयो कसो भयो, तर त्यसबाट हामीले पाठ सिकिसकेका छौँ । नेपाल टी–२० वा नेपाल प्रिमियर लिग जे भने पनि क्यानले यो आफ्नै स्वामित्वमा आयोजना गर्नेछ,” उनले भने, “किनकि, क्यानको राजस्वको ठूलो हिस्सा यसबाट आउने हुँदा यो हाम्रै नेतृत्वमा आयोजना हुनेछ ।”

क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार प्रिमियर लिग आउँदो नोभेम्बर १६ देखि डिसेम्बर ७ सम्म आयोजना गरिनेछ ।

क्यानले सेभेन थ्री स्पोर्ट्सलाई आर्थिक तथा रणनीतिक साझेदार बनाउँदै गत वर्ष पुसमा नेपाल टी–२० आयोजना गरेको थियो । तर, खेल मिलेमतो र सट्टेबाजी प्रकरण सार्वजनिक भएपछि प्रतियोगिता विवादित बनेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्