site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीको बरहथवामा कर्फ्यू जारी

काठमाडौं । सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शुक्रबार कर्फ्यू आदेश जारी गरेका हुन् । शुक्रबार बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएको थियो । 

बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गरिएको प्रजिअ धमलाले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख गरिएको छ ।

बरहथवा नगरक्षेत्र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुल क्षेत्रभित्र कर्फ्यू आदेश गरिएको छ । 

sa-1704457100.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्