site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अरूण चौधरी पक्राउबारे राजेश अग्रवालले भने– यस्तो व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन्

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीलाई धरपकड गर्दा स्वदेशी व्यवसायी नै पलायन हुने चेतावनी दिएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अग्रवालले विदेशी लगानी भित्र्याउने भन्दै सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा यस्तो वातावरणले विदेशी लगानी नभित्रिने बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सीजी होल्डिङका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक अरूण चौधरीलाई सरकारले पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन आयोगन गरिएको थियो ।

“एकातिर लगानी सम्मेलन तयारी गर्ने, अर्काेतिर व्यावसायीलाई धरपकड गर्ने । यस घटनाले विदेशी लगानीकर्ता भित्रिनेभन्दा पनि स्वदेशी लगानीकर्ता नै पलायन हुने आशंका उब्जाएको छ,” उनले भने, “पक्राउ गर्न नै नपाउने भन्ने होइन । तर, कुनै सूचना नदिएर पक्राउ गर्नु, अथवा जुन हिसाबले धरपकड गरियो, त्यो विषय हाम्रो अब्जेक्सन हो ।” 

पत्रकार सम्मेलनमा सहभागी व्यवसायीहरूले व्यवसायीलाई कुनै जानकारी नदिई अपराधीजस्तो बर्सौं अगाडि कुरामा पक्राउन गर्नु गलत भएको बताएका थिए । व्यापारीले देशमा लगानी गरेको भन्दै दोषी नठहरिएसम्म थुनामा राख्न नहुने बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्