site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एसिया बैंकलाई सीडी रेसियोले बचायो : गभर्नर अधिकारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका नीतिले बैंकहरूलाई सुरक्षित बनाएको बताएका छन् ।

सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)सम्बन्धी व्यवस्थाले पछिल्लो समय बचाएको बताए । बजारमा भ्रमित समाचारले गर्दा बैंकबाट पैसा झिक्ने बढेकाले राष्ट्र बैंकको सीडी रेसियोसम्बन्धी व्यवस्थाले काम गरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सीडी रेसियोलाई कतिले कसरी लिनुभयो तत्कालीन अवस्थामा, एउटा महत्त्वपूर्ण आक्रमक रूपमा कर्जा गइरहेको अवस्थामा थप कर्जा नजाओस् भनेर व्यारियरको रूपमा आएको पोलेसी हो,” उनले भने, “एउटा उदाहरण एनआईसी एसियालाई धेरै हदसम्म त्यो सीडीले काम गर्‍यो । आजको दिनसम्म २७ अर्ब रुपैयाँ त बाहिरिएको छ ।” राष्ट्र बैंकका पोलेसीहरू दीर्घकालीन हुने भन्दै गभर्नर अधिकारीले त्यसको प्रभाव चाँडै नदेखिने बताए ।

गभर्नर अधिकारीले कुनै पनि बैंक फेलियर भए पनि निक्षेप कर्ताको सुरक्षा राष्ट्र बैंकले गर्ने बताए । तर, अहिलेको अवस्थामा बैंकहरूको अवस्था बाहिर प्रचार भएजस्तो नरहेको पनि बताए ।

बैंकहरू गम्भीर नहुँदा पनि यो क्षेत्रमा समस्या आएको उनको भनाइ छ । राष्ट्र बैंकले समग्र बैंकहरूलाई संरक्षण गर्नेगरी नीति बनाउने पनि बताए । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्