site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वित्तीय संस्थाले जथाभावी लगानी गरेर ऋणीको उठीवास लगाए : सांसद नेपाली
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद अनिशा नेपालीले बैंक तथा वित्तीय संस्थाले जथाभावी लगानी गरेर ऋणीको उठीवास लगाएको आरोप लगाएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले बैंकहरूले दुःख दिएको जिकिर गरिन् ।

“बैंक तथा वित्तीय संस्थाले जथाभावी रूपमा लगानी गरेर ऋणीलाई उठीवास लगाएको सर्वविवितै छ । साँवा र ब्याज फिर्ता पाऊँ भनी यसको विरुद्ध पीडितहरूले आन्दोलन पनि गरिरहेका छन्,” उनले भनिन्, “एकातिर कुनै व्यक्तिले नक्कली तमसुक गरी ऋण दिएमा १० प्रतिशत ब्याज असुल गर्न पाउने भन्ने कानुनी व्यवस्था छ, तर अर्काेतर्फ सबै बैंकले ऋण लगानी गरेबापत चर्काे ब्याज असुल मात्र गरेका छैनन्, सेवा शुल्क भनेर रकम असुल गर्ने र ब्याजलाई साँवामा परिणत गरेर जथाभावी ब्याजमाथि ब्याज लगाउने अपराधी काम गरिरहेका छन् ।”

यस्तो कार्य रोकिनुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्