site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धार्थ बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलअन्तर्गत देशभर रहेका शाखाहरूमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका ट्रान्ज्याक्सन बैंकिङ तथा इन्टरनेशनल बिजनेस प्रमुख जीतबहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलका प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा, बरगाछी विराटनगरस्थित शाखा कार्यालयबाट पनि उपलब्ध हुने सेवामा सम्झौताअनुसार छुट पाउनेछन् ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्