site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलाडी प्राथमिकतामा हुनुपर्दछ : मन्त्री चौधरी 

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर योजना बन्नुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षको चार वर्षे पदावधि सकिएर बिदा भएका भएका शिव कोइरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधालाई प्रहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । 

मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे । खेलकुदका विकास र खेलाडीका पक्षमा आफूले अप्रिय निर्णय लिन पछि नपर्ने मन्त्री चौधरीको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिदाई कार्यक्रममा कोइरालाले परिषद्मा चार वर्ष उपाध्यक्षका रूपमा काम गर्दै धेरै सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नु पर्ने धरै विषय रहेको उल्लेख गरे । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक हुने बताए । खेलकुद विमालेख कार्यान्वयनमा ल्याइएको तथा कानुनी रूपमा नै खेलाडीको पुरस्कार सुनिश्चित गरिएको बताए । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरू, विभागीय प्रमुख तथा कर्मचारीहरूको सहभागितामा कोइरालालाई सम्मान पत्रसहित बिदाई गरिएको थियो । कोइराला २००७७ साल साउन १२ गते चार वर्षका लागि परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्