site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्घटनाका घाइतेलाई भेट्न भारतकी युवा राज्यमन्त्री काठमाडौंमा 

काठमाडौं । भारतीय युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडौं आएकी छन् ।  

उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखराबाट काठमाडौंतर्फ आइरहको यूपी ५३ एफटी ७६२३ नम्बरको  यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।

घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको थियो । प्रहरीका अनुसार उक्त बसमा ४३ यात्रा गरिरहेका थिए । 

यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्