site stats
बाह्रखरी :: Baahrakhari
देश
डिजिटल सामग्री अपांगतामैत्री हुनुपर्नेमा जोड

काठमाडौं । सेवामा राज्यले प्रवाह गर्ने हरेक डिजिटल सामग्री अपांगतामैत्री हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अपांगता भएका युवाको डिजिटल प्रविधिमा पर्याप्त पहुँच नभएको भन्दै उनीहरूले यसबारे संघदेखि स्थानीय सरकारसम्म गम्भीर हुनुपर्नेमा जोड दिएका हुन् ।

गएको बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय अपांग महासंघका महासचिव सुगम भट्टराईले अपांगताका प्रकार वृद्धि हुँदै गए पनि डिजिटल पहुँच उल्लेखनीय रूपमा नबढेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा सुस्त श्रवण, दृष्टिविहीन, तथा सिकाइसम्बन्धी अपांगता भएका सहभागीले अस्पताल, शैक्षिक संस्था, सरकारी कार्यालयलगायत क्षेत्रमा अपांगतामैत्री डिजिटल प्रणालीको प्रयोग नहुँदा सास्ती खेप्नुपरेको अनुभव सुनाएका थिए । अस्पतालका डिजिटल बोर्ड, सरकारी वेबसाइट, स्वास्थ्य तथा शिक्षाका सूचना सामग्री अपांगतामैत्री नहुँदा सेवा लिन समस्या भएको उनीहरूको गुनासो छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शीला श्रेष्ठले विगत दुई वर्षदेखि स्वास्थ्य शिक्षाका सन्देशमूलक सामग्री सांकेतिक भाषामा समेत प्रसारण गर्न थलिएको बताइन् । तर, सबैखाले अपांगता भएका नागरिकलाई समेट्ने गरी सामग्री उत्पादन गर्न नसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्