site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’मा दुःख, त्याग र अपेक्षा

काठमाडौं । बुवा र छोराको आत्मीय सम्बन्धको कथा भन्ने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर छ । गीत छोरो सहर जाँदै गरेको गाडी हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ । त्यसपछि सुरु हुने गीतमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका विजय बराल छन् । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ ।

आफूले माग्दै हिँड्नु परे पनि छोराले मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख, त्याग र अपेक्षा देखाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिक्षाबिनाको जिन्दगी अँध्यारो रहेको बताउने गीतले छोराको उज्जवल भविश्यका लागि बुवाले गर्ने संघर्षको कथा बोलेको छ । 

भिडियोमा विजयसँगै चलचित्रका अर्का मुख्य कलाकार प्रकाश सपूत छन् । 

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ । विजय बराल र प्रकाश सपूत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।

यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्