site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रूपैयाँ छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । 

हिन्दुहरूको महान् चाडपर्व दसैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए ।  
 
कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ । तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अरुवा मोटा चामलको रु एक हजार ५२५, अरुवा सोना मन्सुली रु एक हजार ७२५, स्टिम जिरामसिनो रु दुई हजार २५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । 

यसअघि अरुवा मोटा चामलको रु एक हजार ६५०, अरुवा सोना मन्सुली एक हजार ८५०, स्टिम जीरा दुई हजार ३७५ मा विक्री हुँदै आएको थियो । 

पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट रु १२५ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको रु दुई हजार २३० र तोरी तेलको प्रतिपेटी रु दुई हजार ३० मा विक्री हुन लागेको हो । 

सहुलियत मूल्यमा खाद्यान्न बिक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ । गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्