site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ३२.८१ अंकले घट्यो, चार अर्ब ८४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन ३२.८१ अंकले घटेको छ । बिहीबार बजार मापक २४८६.७६ विन्दुमा कायम भएको हो । 

आज ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । यस दिन चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० रुपैयाँ बराबरको एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर खरिद बिक्री भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बजार घटे पनि विन नेपाल लघुवित्त, बोतलर्स नेपाल (बालाजु) एसबीएल डिबेन्चर, एनआईसी एसिया डिबेन्चर, एनएमबि डिबेन्चर लगायतको सेयर मूल्य उच्च कमाउने कम्पनीमा परे ।

उपसमूह सूचकतर्फ म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ इन्डेक्स ०.३० अंक तथा टे«डिङ इन्डेक्स ३५.१५ अंकले बढ्दा बाँकी समूह सूचक राताम्मे देखिएका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्