site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पूर्ण बहादुरको सारङ्गी’को कथा सार बोल्ने गीत ‘नोटैले...’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘नोटैले...’ सार्वजनिक भएको छ । चलचित्रको कथासार बताउने गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । 

प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीतमा विजय बराल र देशभक्त खनाल फिचर्ड छन् । गीतले पैसाको अभावमा ज्यान गुमाउने पर्ने गन्धर्व समुदायको दुःख पेस गर्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

कात्तिक १५ गते रिलिज भएको चलचित्र हालसम्म उच्च शो र अकुपेन्सीसहित प्रदर्शनरत छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्