site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्काइवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे

काठमाडौं । काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरको अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डे मनोनीत भएका छन् । सञ्चालक कम्पनी बोन्डर्स नेपाल प्रा.लि.को सातौँ वार्षिक साधारणसभाले सञ्चालक समिति पुनर्गठन गर्दै सिंहलाई अध्यक्ष र पाण्डेलाई प्रबन्ध निर्देशकमा मनोनीत गरेको हो ।

सभाले सञ्चालक समिति पुनर्गठन गर्नुका साथै कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने प्रस्ताव समेत पारित गरेको छ । पब्लिक लिमिटेडमा गइसकेपछि कम्पनीको साधारण सेयर निष्कासनको बाटो खुल्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस अवसरमा आर्थिक वर्ष २०८०/०८१ को वित्तीय  विवरण समेत पारित गरिएको थियो । कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काइवाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिन काठमाडौंमा यो एक मात्र गन्तव्य हो ।  परियोजनाका लागि करिब दुई अर्ब रुपैयाँ लगानी भएको कम्पनीले जनाएको छ ।

स्काइवाकबाट ऐतिहासिक रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत पुग्न सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एकैपटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्