site stats
बाह्रखरी :: Baahrakhari
खेल
बालुवाटार क्रिकेट क्लब र थर्ड आई युथ क्लबको विजयी सुरुआत

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक कार्यक्रमअनुसार प्रधानमन्त्री कप पुरुष क्रिकेटका निम्ति भएको काठमाडौं जिल्ला क्रिकेट छनोट प्रतियोगितामा बालुवाटार क्रिकेट क्लब र थर्ड आई युथ क्लबले विजयी सुरुआत गरेका छन् ।

बुधबारदेखि काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको पहिलो खेलमा बालुवाटार क्रिकेट एकेडेमीले एन्जल्स स्पोर्ट्स एकेडेमीविरुद्ध ६ विकेटको सहज जित निकाल्यो ।

एन्जल्सले प्रस्तुत गरेको ९३ रनको सामान्य लक्ष्य बालुवाटारले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बालुवाटारको जितमा प्रशिद्द जैसीले सर्वाधिक ४१ रन बनाए । यस्तै, सुजल खड्गीले अविजित २२ र रोशन पुनले १० रन थपे ।

एन्जल्सका सागर कट्वाल र सुजन ढकालले समान दुई विकेट लिए ।

त्यसअघि एन्जल्स स्पोर्ट्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

एन्जल्सका उपेन्द्र खत्रीले ३३ रन बनाएका थिए । यस्तै, योगेश मगरले १९ र रतनकुमार रौनियारले नौ रन थपे ।

बालुवाटारका धिरज देउवाले तीन विकेट लिए । यस्तै, प्रशिद्द जैसी र स्मिथ बुढाले समान दुई विकेट लिए । बालुवाटारको जितमा अलराउन्डर प्रदर्शन गरेका प्रशिद्द खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिए ।

बुधबार नै भएको दोस्रो खेलमा थर्ड आई युथ क्लबले पुष्पलाल स्पोर्ट्स क्लबविरुद्ध २४ रनको जित निकालेको छ ।

खेलमा थर्ड आईले प्रस्तुत गरेको ११७ रनको लक्ष्य पछ्याउने क्रममा पुष्पलालले १९.१ ओभरमा ९२ रन मात्र बनाउन सक्यो ।

प्रतियोगिताका मुख्य प्रायोजक कृषि विकास बैंक छ । यस्तै, अन्य प्रायोजकहरूमा कागेश्वरी मनोहरा नगरपालिका, सक्कल एग्रो फर्म, फ्रान्कलिन एजुकेशन कन्सल्टेन्सी, गोकर्णेश्वर नगरपालिका, नेवा बेभरेज प्रा.लि., एभरेस्ट बैंक लि., आविष्कार ज्वेलर्स, शुशील कोइराला फाउन्डेसन, नेप्लाई, नेक्सस एजुकेशन कन्सल्टेन्सी, श्रेष्ठ टेलरिङ, इको प्यानल र आइसीएफसी फाइनान्स छन् ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्