site stats
बाह्रखरी :: Baahrakhari
खेल
यूईएफए च्याम्पियन्स लिग : के आल्भारेजको पेनाल्टी प्रहार नियमविपरीत थियो ?

काठमाडौ । पेनाल्टी प्रहार गर्दा जुलियन आल्भारेज चिप्लिन पुगे । तर, पनि उनको प्रहारले ‘टप लेफ्ट कर्नर’ जाली चुम्यो ।

‘मड्रिड डर्बी’मा प्राय: रियाल मड्रिड एट्लेटिकोविरुद्ध हाबी देखिएको छ । डर्बीअन्तर्गत पेनाल्टी सुटआउटसम्म पुगेका सबै खेलमा रियाल अपराजित छ ।

बुधबार पनि यही दृश्य दोहेरियो । तर, च्याम्पियन लिग अन्तिम–१६ मा पेनाल्टीमा रियालसँग बेहोरेको हारबाट मुख्य प्रशिक्षक डिएगो सिमोन गहिरो निराशामा देखिए । पहिलो लेगमा २–१ को हार बेहोरेपछि एट्लेटिकोलाई दोस्रो लेगमा जित्नैपर्ने दबाब थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

UEFA-(1)-1741951211.jpg
दोस्रो लेगमा एट्लेटिकोका मिडफिल्डर कोनर गालाघेरले २७ सेकेन्डपछि टिमलाई एग्रिगेटमामा २–२ को बराबरीमा ल्याए । तर, बराबरी गरे पनि एट्लेटिकोले जित्न निर्धारित समय न गोल गर्न सक्यो, न थप समयमा नै । जसले गर्दा पेनाल्टीमा पुगेर एट्लेटिको पराजय खेप्न बाध्य बन्यो ।

यता रियालले नाटकीयरूपमा पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्यो । 

अल्भारेजको पेनाल्टीमा के भएको थियो ?

कुल तीन खेलाडीले पेनाल्टी प्रहार गरिसकेपछि म्यानचेस्टर सिटीका पूर्वफरवार्ड अल्भारेज पेनाल्टी प्रहारका निम्ति आए । अल्भारेजमाथि पेनाल्टी स्कोर २–२ को बराबरीमा ल्याउने जिम्मेवारी थियो ।

अर्जेन्टिनी अन्तर्राष्ट्रिय खेलाडी अल्भारेज बल प्रहार गर्ने क्रममा चिप्लिए । तर, पनि पनि उनले कोर्टुवालाई ‘बिट’ गर्दै गोल गर्न सफल रहे ।

एटलिटिकोका समर्थकहरू रमाइरहेका थिए । तर, केही क्षणमै फेडेरिको भाल्भर्डेले रियालबाट गोल गर्दै पाहुना टिमलाई ३–२ को स्थितिमा राखे । लगत्तै पोल्यान्डका रेफ्री स्जिमोन मार्किनीकले भिडियो एस्सिटेन्ट रेफ्री (भीएआर)बाट आल्भारेजको पेनाल्टी गोल खारेज भएको जनाए ।

भीएआरले अल्भारेजले प्रहार गर्ने क्रममा चिप्लिँदा बल दुईपटक छोएको देखिएको भन्दै रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

एट्लेटिकोका गोलकिपर ओब्लाकले टोलीको आशा जोगाउन लुकास भाज्क्वेजको प्रहार रोकेका थिए । तर, घरेलु टिमका मार्कोस लोरेन्टेको प्रहार बारमा लाग्दा एन्टोनियो रुडिगरले गोल गर्दै पाहुना टिमको क्वार्टरफाइनल यात्रा पक्का गरे ।

UEFA-(2)-1741951211.jpg

नियमले के भन्छ ?

खेलमा दिएको पेनाल्टीले अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन ऐनको धारा १४.१ लाई आकर्षित गर्छ । ऐनमा उल्लेख गरिएको छ, “पेनाल्टी प्रहारकर्ताले बल प्रहार गरिसकेपछि अन्य खेलाडीहरूले नछोएसम्म छुन पाउँदैन ।”

यही नियमले ‘टाइब्रेकर’मा आफ्नो पेनाल्टी रिबाउन्ड आए बल प्रहार गर्न वञ्चित गर्छ । 

एट्लेटिकोका मुख्य प्रशिक्षक सिमोनले निर्णयलाई लिएर आशंका व्यक्त गरे । तर, खेलका अधिकारीले विचार पुर्‍याएर सही निर्णय दिएको हुन सक्ने आशा व्यक्त गरे । 

“रेफ्रीले जब आल्भारेज उभिएर बसेको खुट्टाले बल छोए भनेका थिए, त्यो बेला बल चलायमान बनेको थिएन,” उनले भने, “मलाई पेनाल्टी प्रहारका निम्ति भीएआरको सहायता लिएको कहीँ पनि थाहा छैन । तर, पनि उनीहरूले बल छोएको देखेको हुन सक्छ ।” 

यता, रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले उचित निर्णय लिइएको भन्दै सन्तुष्ट व्यक्त गरे । “उनीहरूले यसलाई पत्ता लगाए । जब हामीले गल्ती भयो भन्ने थाहा पायौँ त्यसअघि नै उनीहरूले भीएआरबाट यो कुरा थाहा पाइसकेका थिए,” उनले थपे, “मैले देख्दा पनि उनले त्यसलाई बाँया खुट्टाले छोए, अनि दोस्रो खुट्टाले पनि ।”

UEFA-(3)-1741951211.jpg
रियालका गोलकिपर कर्टुवाले पनि एट्लेटिकोलाई भाग्यले साथ नदिएको कुरामा सहमति जनाएका छन् । तर, नियमका कारण त्यो प्रहार अस्वीकार्य रहेको प्रतिक्रिया दिए ।

उनले भने ,“मलाई थाहा थियो, त्यहाँ केही न केहीँ भइरहेको छ । त्यसैले हामीले त्यो कुरालाई सिधै रेफ्रीमाझ राख्यौँ र दोहेरो टच भएको छ भन्ने कुरा पुष्टि भएको थियो र त्यसले मान्यता पाएन । त्यसले हामीलाई न्याय दियो ।”

“अल्भारेज चिप्लिए र उनले दुई पटक बल छोए र अवसर गुमाए । तपाईंले पेनाल्टीमा दुई पटक बल छुन पाउनुहुन्न । त्यो दुर्भाग्य हो । तर पनि हामी सबैलाई नियमले बाँधेर राखेको छ ।”

यसअघि यस्तो भएको छ ?

अल्भारेजको पेनाल्टी प्रहारमा भएको घटना पहिलोपटक भएको होइन । प्रिमियर लिगमा यसअघि यस्तै घटना दुईपटक भइसकेको छ । सन् २०१७ मा लेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँगको खेलमा २–१ ले पराजित हुँदा उक्त खेलमा लेस्टर सिटीका रियाद महारेजको पेनाल्टी प्रहारले पनि मान्यता पाएको थिएन ।

अल्जेरियन विंगर महारेज पनि पेनाल्टी प्रहार गर्ने क्रममा चिप्लिँदा उभिएर बसेको खुट्टाबाट गोल गर्न पुगेका थिए ।

सन् २०२३ को जनावरीमा पनि यस्तै घटना भएको थियो । फुल ह्यामका स्ट्राइकर एलेक्सान्डार मिट्रोभिचले पनि कारणवश पेनाल्टी सट गर्ने क्रममा चिप्लिएको कारण उभिएकै खुट्टाले बललाई छोएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्