site stats
बाह्रखरी :: Baahrakhari
कला
बाढीपीडित चलचित्रकर्मीलाई राहत वितरण

काठमाडौं । बाढीपीडित चलचित्रकर्मीलाई राहत वितरण गरिएको छ । चलचित्र विकास बोर्डअन्र्तगत रहेको चलचित्रकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले प्रत्येक पीडित चलचित्रकर्मीलाई ४५ हजार रुपैयाँका दरले राहत प्रदान गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर चलचित्रकर्मीहरूलाई मात्र सहयोग गर्दै आएको कोषले यसपटक प्राकृतिक प्रकोपबाट प्रभावित चलचित्रकर्मीहरूलाई पनि सहयोग गर्ने ऐतिहासिक निर्णय गरेको हो ।

नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुलप्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञानबहादुर तामाङ र फणिन्द्र बहादुर विकलाई राहत प्रदान गरिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले चलचित्रकर्मीहरूको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्