site stats
बाह्रखरी :: Baahrakhari
खेल
कोर क्याम्पको दोस्रो चरणका निम्ति २५ सदस्य टोली घोषणा, २७ खेलाडी बाहिरिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुवर्ट लले २५ सदस्यीय टोली छनोट गरेका छन् । शनिबार कोर क्याम्प नामले सुरु गरिएको राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणकोे दोस्रो चरणका निम्ति २५ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, अर्जुन साउद, बसिर आहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठंगुना, सन्दीप लामिछाने, ललित राजवंशी, शाहाब आलम, सोमपाल कामी, नन्दन यादव, करण केसी, प्रतिश जिसी, लोकेश बम, रिजन ढकाल, रुपेशकुमार सिंह र शुभ कंसाकार छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मूलपानीस्थित माथिल्लो र तल्लो क्रिकेट रंगशालमा अभ्यासरत २५ सदस्य टोली सार्वजनिक गरिएसँगै प्रारम्भिक प्रशिक्षणबाट २७ खेलाडी बाहिरिएका छन् । बाहिरिनेमा राष्ट्रिय टोलीबाट खेलिसकेका १३ खेलाडी छन् । 

पहिलो चरणबाट बाहिरिएका खेलाडीमा प्रज्वल थापा, देव खनाल, सूर्य तामाङ, शाकिब हक, कुशल मल्ल, हेमन्त धामी, इशान पाण्डे, अर्जुन कुमाल, सन्दीप जोरा, आकाश त्रिपाठी, विवेककुमार यादव, सागर ढकाल, पवन सर्राफ, रसिद खान, सन्तोष यादव, शेर मल्ल, त्रितराज दास, नरेन भट्ट, विनोद भण्डारी, अर्जुन घर्ती, सुजन थपलिया, मयन यादव, अभिनाश बोहोरा, विशाल पटेल, दीपेन्द्र रावत र कमलसिंह ऐरी छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्