site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारत–पाकिस्तान तनावले आईपीएल स्थगित 

काठमाडौं । भारत र पाकिस्तानको बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ स्थगन गरिएको छ ।

छिमेकी राष्ट्रसँगको बढ्दो तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको शुक्रबारदेखिका सबै खेल अनिश्चितकालका निम्ति स्थगन गरिएको एक रिपोर्टलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भारत–पाकिस्तान सैन्य द्वन्द्वका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित,” बीसीसीआईका एक अधिकारीलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले जनाएको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ ।

यसअघि, गए राति पनि पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल यही तनावका कारण रद्द गरिएको थियो ।

आईपीएलमा हालसम्म जम्मा ७४ खेलमध्ये ५८ खेल सम्पन्न भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्