site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इम्बोस्ड नम्बर प्लेटका नाममा बदमासी : साढे ९२ करोडभन्दा बढी खर्च भयो, तर जडान भएन

काठमाडौं । इम्बोस्ड नम्बर प्लेटका नाममा ९२ करोड ६२ लाख ५९ हजार खर्च भएको खुलेको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ प्रतिवेदनबाट सो रकम खर्च भएको खुलेको हो ।

प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागले २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न एक सेवा प्रदायकसँग सम्झौता भइ यस वर्षसम्म पाँच लाख ९२ हजार ८०९ थान नम्बर प्लेट छपाइ गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नम्बर प्लेट छपाइका लागि ९२ करोड ६२ लाख ५९ हजार खर्च भएकोमा प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट ६३ हजार २८९ थान मात्रै जडान भएको छ ।

विभागले २०७८/७/२२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नयाँ सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको र २०७९ कात्तिक २८ देखि सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेता पनि सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको पनि प्रतिवेदनले औंल्याएको छ ।
    

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्