site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिड्नीमा नेपाली खेलाडीले खोले कराँते स्कुल

सिड्नी । सिड्नीमा रहेका नेपालका पूर्वकराँते खेलाडीहरूले ‘एभरेस्ट मार्सल आर्ट्स एकेडेमी’ सञ्चालनमा ल्याएका छन् । एकेडेमीको स्थापना सिड्नीस्थित ग्रानभिलमा गरिएको छ ।

एकेडेमीको अध्यक्षमा दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक विजेता मुकुन्द्र महर्जन छन् । उनले पाँचौँ, छैठौँ र सातौँ राष्ट्रिय खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी, उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजकमा मलिका थापा क्षेत्री, कोषाध्यक्षमा सोम लामा, कार्यक्रम निर्देशकमा मनिष थापा क्षेत्री, पीआर अफिसरमा राजकुमार रसाइली, प्रतियोगिता संयोजकमा नवीन रसाइली र सदस्यमा प्रिन्स महर्जन छन् ।

एभरेस्ट मार्सल आर्ट्स एकेडेमीको सञ्चालन समितिमा ख्यातिप्राप्त नेपाली राष्ट्रियस्तरका खेलाडीलाई समेटिएको छ । प्रतियोगिता संयोजक रसाइली साग खेलकुदका स्वर्ण पदक विजेता हुन् । पीआर अफिसर रसाइली कांस्य पदक विजेता हुन् । अन्य सदस्यले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्