site stats
बाह्रखरी :: Baahrakhari
खेल
युथ टेबल टेनिसका विजेतालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई आज आइतबार बधाई दिएका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मिहिनेत गरेर विश्व प्रतिस्पार्धामा पनि विजेता बन्ने शुभकामना दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अखिल नेपाल टेबल टेनिस संघद्वारा गत २४ देखि २७ अप्रिलसम्म काठमाडौंमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित नेपालले १२ पदक जितेको थियो । 

प्रतियोगिताको यू–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण प्राप्त गरेका थिए । 

प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाई अवलोकनका साथै उनीहरूसँग आफूूले पनि केहीबेर खेलेर उत्साह दिएका थिए । 

प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीलाई आकस्मिक रूपमा नगद पुरस्कार प्रदान गरे । 

संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठले यसरी प्रधानमन्त्रीस्तरबाट टेबलटेनिसलाई पहिलोपटक स्नेह प्राप्त भएकाले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिन सक्ने अपेक्षा गरे । 

सचिव एवं दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका टोली व्यवस्थापक राजेन्द्रबहादुर दुलालले अन्तर्राष्ट्रिस्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफैँ शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकारबाट सहयोग हुनुपर्ने माग गरे । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्