site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल थाइल्यान्डसँग पराजित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको क्लोज डोरमा शुक्रबार भएको खेलमा थाइल्यान्डसँग १–० गोलअन्तरले नेपाल पराजित भएको हो । 

पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई एक गोल हानेको हो । एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्ने छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्