site stats
बाह्रखरी :: Baahrakhari
खेल
ब्राजिल र इक्वेडर विश्वकपमा छनोट

काठमाडौं । दुई दक्षिण अमेरिकी टोली ब्राजिल र इक्वेडरले फिफा विश्वकपमा स्थान बनाएका छन् । 

मंगलबार दक्षिण अमेरिकी क्षेत्रीय छनोटमा जित निकालेसँगै ब्राजिल दोस्रो र इक्वेडर तेस्रो शीर्ष टोली बन्दै विश्वकपमा छनोट भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

छनोटको अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई १–०ले पराजित गरेको हो । यता, इक्वेडरले पेरुसँग गोलरहित बराबरी खेलेको थियो । योसँगै दक्षिण अमेरिकाबाट विश्वकपमा स्थान बनाउने टोलीको संख्या तीन पुगेको छ । यसअघि छनोटबाट विश्वकपको साविक विजेतासमेत रहेको अर्जेन्टिनाले स्थान बनाइसकेको छ ।

ब्राजिलका निम्ति आगामी सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप २३औँ पटकको हुनेछ । 

आगामी वर्ष आयोजना हुने विश्वकपमा हालसम्म तीन आयोजकसँगै अर्जेन्टिना, जापान, न्युजिल्यान्ड, इरान, उज्वेकिस्तान, दक्षिण कोरिया, जोर्डन, ब्राजिल, इक्वेडर र अस्ट्रेलियाले विश्वकपमा स्थान बनाएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्