site stats
बाह्रखरी :: Baahrakhari
खेल
चिली विश्वकपमा छनोट हुननसकेपछि प्रशिक्षक गारेकाले दिए राजीनामा

काठमाडौं । चिली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रिकार्डो गारेकाले राजीनामा दिएका छन् । बुधबार चिलीले विश्वकप छनोटमा बोलिभियासँग बेहोरेको हारबाट आगामी वर्ष हुने प्रतियोगितामा छनोट नहुने पक्का भएपछि प्रशिक्षक गारेकाले राजीनामा दिएका हुन् ।

चिलीले दक्षिण अमेरिकी क्षेत्रीय छनोटअन्तर्गत भोलिभियासँग २–० को हार बेहोरेको थियो । सोही खेलपश्चात् आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामा घोषणा गरे । “हामी कोचिङ स्टाफ र प्रतिनिधिसँगको छलफलपछि यो निर्णयको निष्कर्षमा पुग्यौँ । हामीले अनुकूल नतिजा निकाल्न सकेनौँ । विश्वकप छनोटमा चिली कसैले नसोचेको स्थानमा छ,” सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रशिक्षक गारेकाले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो हारसँगै चिली तालिकाको पुछारमा छ । टोलीले दुई खेल बाँकी रहँदासम्म १६ खेलमा १० अंक मात्र जोडेको छ । जसको अर्थ चिलीले आगामी दुवै खेलमा जित निकाले पनि विश्वकपमा स्थान बनाउन सक्ने छैन । चिलीले गारेका सन् २०२४ मा प्रशिक्षणमा आएयता खेलेको १३ खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्