देश

काठमाडौं । कैलालीमा आइतबार (असार १५) बिहान भारी वर्षा भएको छ । बुडिआममा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काडालगायत साना खोलामा बहाव बढ्ने सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“असार १५, बिहान ७ः३५ बजे । पछिल्लो तीन घण्टामा कैलाली जिल्लास्थित बुडिआम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकोले सो क्षेत्र भई बहने काडा खोलालगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
मौसमविद्ले सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी वर्षाको सम्भावना औँल्याएका छन् ।
- अर्घाखाँचीमा ‘मध्यम’ वर्षा, दाङसम्म बाढीको जोखिम
- काठमाडौंमा दिनभर बदली, ‘मध्यम’सम्म वर्षा हुने
- देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना
- कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
- मौसमविद्को सुझाव– आइतबार बेलुका र सोमबार सकभर यात्रा नगर्नुहोला
- यी १२ जिल्लामा ‘धेरै भारी’ वर्षाको चेतावनी
- म्याग्दी खोला सतर्कता तह पार, सिन्धुपाल्चोक र कैलालीमा ‘मध्यम’ वर्षा
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ ०८:२२
प्रतिक्रिया दिनुहोस्