site stats
बाह्रखरी :: Baahrakhari
देश
ताप्लेजुङको बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले औषधि पठायो
फाइल तस्बिर।

विराटनगर । कोसी प्रदेश सरकारले ताप्लेजुङका बाढी पहिरोपीडितका लागि औषधि पठाएको छ ।

अति आवश्यक पर्ने औषधि नेपाली सेनाको अस्पतालमार्फत हेलिकोप्टरबाट ढुवानी गर्ने गरी पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केन्द्रका प्रमुख डा. वीरेन्द्र कुमार मण्डलले तत्काललाई आवश्यक पर्ने ३६ किसिमका औषधि नेपाली सेनामार्फत पठाइएको जानकारी दिएका छन् ।

जीवन जल, सिटामोटल, झाडा पखालामा प्रयोग हुनेलगायत अन्य आवश्यक औषधि केन्द्रले सेनालाई उपलब्ध गराएको मण्डलले बताए । उनले भने, “सरकारको सिफारिसमा केन्द्रले विपद् प्रभावित स्थानका लागि मौज्दात औषधि पठाएको हो ।”

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तथा उपसचिव अर्जुन निरौलाले स्थानीय रुपमा तत्कालकै आवश्यक पर्ने औषधि पठाइएको जानकारी दिएका छन् ।

गत शनिबार अविरलको वर्षासँगै आएको बाढी पहिरोका कारण ताप्लेजुङ जिल्ला अधिक प्रभावित छ । बाढी पहिरोमा परी जिल्लामा हालसम्म चारजनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्