site stats
बाह्रखरी :: Baahrakhari
देश
एक अर्ब ७७ करोडको भ्रष्टाचारमा ५६८ सरकारी कर्मचारी र प्रतिनिधि, १९८ विचौलिया

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा १६२ वटा मुद्दा दायर गरेको बताएको छ ।

यसअन्तर्गत ६४ वटा गैरकानुनी लाभ हानी, घुससँग सम्बन्धी ३२ र सार्वजनिक सम्पत्तिको हानी २७, गैरकानुनी सम्पत्ति आर्जनमा १३, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आठ, राजस्व चुहावटका सात र विविध ११ वटा मुद्दा रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी मुद्दामा ७६६ जनालाई प्रतिवादी कायम गरी एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ विगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

एक अर्ब ७७ करोड रुपैयाँभन्दा बढी विगो दाबी गरिएका यी १६२ वटा मुद्दामा नेपाल सरकारका विशिष्ट कर्मचारी एकजना, अधिकृत स्तरका कर्मचारी २१४ जना, सहायक तथा सहयोगी १४४, निर्वाचित तथा मनोनीत २०९ र मतियार तथा विचौलिया १९८ गरी जम्मा ७६६ प्रतिवादी कायम भएको अख्तियारले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्