site stats
बाह्रखरी :: Baahrakhari
देश
डिभिजन सडक कार्यालय मोरङका तत्कालीन प्रमुख चौधरी भ्रष्टाचारी ठहर 

काठमाडौं । डिभिजन सडक कार्यालय मोरङका तत्कालीन प्रमुख इन्जिनियर जितेन्द्र चौधरी भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गत पुस २९ मा फैसला गरी सोमबार सजाय निर्धारण गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्वभाविक आर्जन गरेको भन्दै अकुत सम्पत्तिमा ०७६ साल फागुन ४ मा मुद्दा दायर गरेको थियो । 

सरकारी सेवामा रहेका इन्जिनियर चौधरीको अस्वभाविकरूपमा घर जग्गा जोडेको, छोराछोरीको शैक्षिक खर्च गरेको तथा छोराछोरीका नाममा समेत बैंक मौज्दात देखिएको भन्दै तीन करोड ९९ लाख ४४ हजार ३४२ रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेका थियो । तर, विशेष अदालतले भने जरिबानासहित दुई करोड, ४४ लाख, ९३ हजार ७६५ रुपैयाँ असुल गर्ने फैसला गरेको हो । 

चौधरीलाई ६ महिना कैद समेत हुनेगरी फैसला भएको छ । जरिबानासहितको सम्पत्ति श्रीमती किरण चौधरी र छोरा अभिषेकका नाममा रहेको सम्पत्तिबाट असुल गर्ने आदेश भएको हो ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्