site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङ पहिरो : थप एकजनाको शव फेला, दुई अझै बेपत्ता

बागलुङ । गएको मंगलबार बागलुङको बडिगाड गाउँपालिका–१०, आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एकजनाको शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव बिहीबार बिहान फेला परेको हो ।

१० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले घर पुरिँदा उनीहरू बेपत्ता भएका हुन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको प्रजिअ सुवेदीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी ६ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

अध्यक्ष अधिकारीका अनुसार, पहिरोमा परी घाइते भएका १० मध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत उपचारका निम्ति काठमाडौं लगिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्