site stats
बाह्रखरी :: Baahrakhari
देश
माथिल्लो तामाकोसीमा दुईजनाको शव फेला

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आज फेला परेको हो । तर, शवको पहिचान हुन सकेको छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरिकोट ल्याइएको छ । ती शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेदोसहितको पहिरोले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल विल्डिङ पुरिँदा त्यसको सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल, अर्का सैनिक शङ्कर चन्द तथा नवलपरासीको प्रतापपुर घर भई माथिल्लो तामाकोसीमा काम गर्दै आएका ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीको रूपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्कविहीन भएका थिए ।

तीमध्ये दुई जनाको शव फेला परे पनि पहिचान हुन सकेको छैन । पहिरोले पुरिँदा सम्पर्कविहीन भएका अन्य दुई जनाको अवस्था अज्ञात छ । रासस

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २३:३६
प्रतिक्रिया दिनुहोस्