site stats
बाह्रखरी :: Baahrakhari
देश
नुहाउने क्रममा बेपत्ता दुईजनाको शव सशस्त्र प्रहरीले निकाल्यो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१९, बाइसघरस्थित मोहना नदीमा नुहाउने क्रममा बेपत्ता दुईजनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा शुक्रबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फुलबारीबाट उनीहरूको खोजीकार्य लागि टोली खटिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा ओझाको शव डुबेकै स्थानमा फेला परेको थियो भने बोहराको शव डुबेको स्थानभन्दा केही तल फेला पारेको डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।  

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्