देश

काठमाडौं । सिन्धुलीमा डालेघाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
तीनपाटन–११ भोक्टिनीकी ६१ वर्षीया भुइँमाया तामाङको घरबाट १५० मिटर उत्तरमा रहेको बडहरको रुखमा घाँस काट्ने क्रममा लडेर मंगलबार मृत्यु भएको हो ।
घटनाको जानकारीपछि प्रहरी चौकी चकमकेको टोली पुगेर पोस्टमार्टमको प्रक्रिया अघि बढाएको थियो । पोस्टमार्टमपश्चात् मृतकको शव आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ ०९:४२
प्रतिक्रिया दिनुहोस्