देश

काठमाडौं । भारी वर्षासँगै कैलालीको मोहना नदीमा सोमबार (असार १६) बिहान बाढी आएको छ । मोहनाको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा यस दिन बेलुकासम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“असार १६, बिहान ७ः२५ बजे । कैलाली जिल्लास्थित मोहना नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले बेलुकासम्म सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ ०९:१९
प्रतिक्रिया दिनुहोस्